Home Bibles ☰ Books यहोशू 23:14 · नेपाली बाइबल
यहोशू 23:14 · नेपाली बाइबल

“अब प्रायः मेरो मृत्यु हुने समय भयो। तिमीहरू जान्दछौ अनि साँच्चै विश्वास गर्छौ कि परमप्रभुले तिमीहरूका निम्ति महान कार्यहरू गर्नु भएको छ। तिमीहरूलाई थाहा छ। कि उहाँले आफ्ना कुनै पनि प्रतिज्ञा पूर्ण गर्न चुक्नु भएन। परमप्रभुले सबै प्रतिज्ञा पूर्ण गर्नु भयो जो उहाँले हामीसँग गर्नु भएको थियो।

Cross references

उत्पत्ति 47:29

इस्राएलले आफ्नो मृत्युको समय आयो भनी थाहा पाए। यसर्थ तिनले आफ्नो छोरो यूसुफलाई बोलाएर भने, “यदि तैंले मलाई साँच्चै प्रेम गर्छस् भने आफ्नो हात मेरो तिघ्रामुनि राखेर कसम खा। मलाई वचन दे जे म भन्छु त्यही मान्छु भनेर म प्रति तँ साँचो हो। जब म मर्छु मलाई मिश्र देशमा नगाड।

प्रस्थान 3:8

अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।

प्रस्थान 23:27

“म तिमीहरूको अघि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौ भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मदत गर्नेछु।

लेवी 26:3

“मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर।

गन्ती 23:19

परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।

व्यवस्था 28:1

“अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दामाथि राख्नु हुँनेछ।

यहोशू 21:43

यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इस्राएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे।

यहोशू 21:45

परमप्रभुले हरेक प्रतिज्ञा पूर्ण गर्नुभयो जो उहाँले इस्राएलका मानिसहरू प्रति गर्नु भएको थियो। त्यहाँ कुनै पनि प्रतिज्ञाहरू बाँकी रहेनन् जसलाई पूर्ण गर्न चुक्नु भयो। प्रत्येक प्रतिज्ञा सत्य हुन आयो।

1 शमूएल 3:19

शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन।

1 राजा 2:2

“सबै मानिस जस्तैं म मर्न आँटेको छु। तर तँ शक्तिशाली हुँदै जादैछस् अनि महान् व्यक्ति बनिंदैछस।

1 राजा 8:56

“परमेश्वरको स्तुति गर! उहाँले इस्राएलका आफ्ना मानिसहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। अनि उहाँले हामीलाई शान्ति दिनुभएको छ! परमप्रभुले आफ्नो सेवक मोशालाई प्रयोग गर्नु भएको थियो अनि इस्राएलका मानिसहरूलाई धेरै राम्रा-राम्रा प्रतिज्ञा गर्नु भएको थियो। अनि परमप्रभुले आफ्नो प्रत्येक प्रतिज्ञालाई पूरा गर्नु भएको छ!

अय्यूब 30:23

मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।

उपदेशक 9:10

हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।

Interlinear

Choose Theme