Home Bibles यहोशू 22:34 · नेपाली बाइबल
यहोशू 22:34 · नेपाली बाइबल

रूबेन अनि गादका मानिसहरूले त्यो वेदीलाई एउटा नाउँ प्रदान गरे। तिनीहरूले त्यस ठाउँको नाउँ “‘साक्षी’ राखे हामी त्यो विश्वास गर्छौ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण गर्छौ।”

Cross references

उत्पत्ति 31:48

लाबानले याकूबलाई भने, “यो ढुङ्गाको थुप्रोले हामी दुवैलाई हामीबीचको ‘सम्झौता’ सम्झना गराउनमा सहायता गर्नेछ।” यस कारण उसले त्यस ठाँउको नाउँ गलेद राख्यो।

यहोशू 22:27

हामीलाई वेदी चाहिएको वास्तविक कारण यो हो कि हामी हाम्रा मानिसहरूलाई तिमीहरूले सेवा गर्ने परमेश्वरलाई नै हामीले पनि आराधना गर्छौं भनी देखाउनलाई हो। यो वेदी, तिमीहरू अनि हामीहरूका निम्ति अनि हाम्रा भविष्यका समस्त सन्तानहरूका निम्ति हामीले परमप्रभुको आराधना गर्छौं, भन्ने कुराको प्रमाण हुनेछ। हामी हाम्रा होमबलिहरू, अन्नबलिहरू अनि मेलबलिहरू परमप्रभुलाई प्रदान गर्नेछौं। तिमीहरूका सन्तानहरूलाई हुर्काउन हामी पनि स्वयं तिमीहरू जस्तै इस्राएलका मानिसहरू हौं भनी जानुन् भन्ने हामीले चाहेको हो।

यहोशू 24:27

त्यसपछि यहोशूले सबै मानिसहरूलाई भने, “यो ढुङ्गाले तिमीहरूलाई आज मैले भनेका कुराहरूको सम्झना गराउनमा सहायता गर्नेछ। जब परमप्रभु आज हामीसित बात गरिरहनु भएको बेला यो ढुङ्गा यहाँ थियो। यसर्थ यो ढुङ्गाले आज के भयो त्यही कुरा तिमीहरूलाई सम्झना गर्न सहायता गर्नेछ। यो ढुङ्गा तिमीहरूको विरूद्ध एउटा साक्षी बन्नेछ। यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेशवरको विरूद्धमा जान देखि रोक्नेछ।”

1 राजा 18:39

सबै मानिसहरूले यस्तो भएको देखे। मानिसहरू भूमिमा निहुरिए अनि भन्न थाले, “परमप्रभु नै परमेश्वर हुनु हुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!”

यशैया 19:19

त्यस समय मिश्रको बीचमा परमप्रभुको लागि एउटा वेदी तयार हुनेछ। मिश्रको सिमानामा परमप्रभुमाथि श्रद्धा प्रकट गर्नलाई एउटा स्मारक बनाइनेछ।

यशैया 43:10

परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो साक्षी हौ। मैले चुनेका दास तिमी हौ। मैले तिमीहरूलाई छानें ताकि तिमीहरूले मानिसहरूलाई मप्रति विश्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि ‘म नै उही हुँ’ म नै साँचो परमेश्वर हुँ। मभन्दा पहिल्ये त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पश्चात पनि कोही परमेश्वर हुने छैन।

मत्ती 4:10

येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान। धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ अनि उहाँकै मात्र सेवा गर्न पर्छ।”

Interlinear

Choose Theme