Home Bibles यहोशू 2:17 · नेपाली बाइबल
यहोशू 2:17 · नेपाली बाइबल

ती मानिसहरूले तिनलाई भने, “हामीले तिमीसंग प्रतिज्ञा गरयौं। तर तिमीले हाम्रा आदेशहरू पालन गर्नुपर्छ, नत्र हामीले गरेको प्रतिज्ञा प्रति हामी उत्तरदायी हुने छैनौं।

Cross references

उत्पत्ति 24:3

अब म चाहन्छु तैंसे मलाई एउटा वचन दे। पृथ्वी अनि स्वर्गका परमप्रभु परमेश्वरको अघि तैंले मलाई वचन दे कनान देशकी कुनै पनि कन्यासित मेरो छोरोको विवाह हुन दिने छैनस्। हामी तिनीहरूको वीचमा बस्छौं तर तैंले कनानी कन्यासित उसलाई विवाह गर्न दिने छैनस्।

उत्पत्ति 24:8

तर यदि केटीले तिमीसंग आउन अस्वीकार गर्छे भने तिमी आफ्नो वचन पूरा गर्नका लागि बाध्य हुनु पर्ने छैन। “त्यहाँ मेरो छोरालाई न लैजाऊ।”

प्रस्थान 20:7

“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।

लेवी 19:11

“तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्नु हुँदैन अनि एकार्कामा झूठो नबोल्नु।

गन्ती 30:2

“जब एकजना व्यक्तिले परमप्रभुलाई केही चढाउँछु भनी विशेष शपथ गर्छ अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन गर्छ भने उसले त्यो शपथ अथवा वाचा बन्धन खेर फाल्नु हुँदैन। उसको मुखबाट निस्केको वचन पुरा गर्नै पर्छ।

यहोशू 2:20

हामी तिमीसित यो सम्झौता गरिरहेछौं। तर यदि तिमीले कसैलाई हामीले के गर्दैछौं सो भन्यौ भने तब हामी यो सम्झौताबाट मुक्त रहनेछौं।”

2 शमूएल 21:1

दाऊद राजा भएको समयमा अनिकाल लाग्यो। यस्तो भोकमारी तीन वर्षसम्म रह्यो। दाऊदले परमप्रभुलाई प्रार्थना गरे अनि परमप्रभुले जवाफ दिनु भयो। परमप्रभुले भन्नु भयो, “शाऊल र तिनका परिवार हत्या हुनाले गर्दा यस्तो परिस्थिति झेल्नु परेको हो। शाऊलले गिबोनीहरू मारेकोले गर्दा यो अनिकाल लागेको हो।”

2 शमूएल 21:7

तर राजाले जोनाथनको छोरा मपीबोशेतलाई बचाए। जोनाथन शाऊलका छोरा थिए। परमप्रभुको साक्षी राख्दै दाऊदले जोनाथनलाई वचन दिएका थिए। यसैले राजाले मपीबोशेतलाई तिनीहरूबाट आघात पार्नबाट बचाए।

Interlinear

Choose Theme