यहोशू 15:51 · नेपाली बाइबल
गोशेन, होलोन, अनि गीलोह। त्यहाँ जम्मा एघारवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
Cross references
यहोशू 10:41
यहोशूले कादेशबर्ने देखि गाजा सम्मका समस्त शहरहरू अधिकारमा ल्याए। तिनले गोशेन देखि (मिश्रदेशमा) गिबोन सम्मका सबै शहरहरू कब्जा गरे।
यहोशू 11:16
यसरी यहोशूले सम्पूर्ण देशमा अधिकार गरे। पहाडी देश नेगेव, गोशेनका सबै क्षेत्र, पश्चिमी तराईका क्षेत्र, यर्दन बेंसी अनि इस्राएलका पर्वतहरू र नजिकका सम्पूर्ण पर्वतलाई तिनले नियन्त्रणमा लिए।
यहोशू 21:15
होलोन, दबीर,
2 शमूएल 15:12
अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कार्यन्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नथाले।