अक्साले उत्तर दिइन्, “मलाई एउटा आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगवमा सूखा भूमि दिनुभयो। दयागरी मलाई पानी भएको केही भूमि पनि दिनु होस्।” यसर्थ तिनले चाहेको भूमि कालेबले दिए। तिनले त्यो भूमिको पानीका माथिल्लो अनि तल्लो पोखरीहरू दिए।
Cross references
यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।
मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः “परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ। उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्, उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नोस्।”
अक्सा ओत्निएलसित बस्नगइन्। ओत्निएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिन कालेबले तिनलाई भने, “के गल्ती भयो?”
मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्।
त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।