ती अन्य मानिसहरू जो मसित गएका थिए तिनीहरूले मानिसहरूलाई ती कुराहरू भने जसले तिनीहरूलाई भयभीत तुल्याए। तर म साँच्ची नै विश्वास गरें कि परमप्रभुले त्यो भूमि हामीलाई दिनुहुनेछ।
Cross references
तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुने छैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।”
सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे।
तर मेरो दास कालेब जसले भिन्दै प्रकारले सोच्छ अनि त्यसले सम्पूर्ण रीतिले मेरो अनुसरण गर्छ म उसलाई त्यो भूमिमा जहाँ ऊ गयो ल्याउनेछु र उसको सन्तानले त्यो भूमि उपभोग गर्नेछ।
अब हामी कहाँ जान सएछौं? हाम्रा बाह्र जना जासूस दाज्यू भाइहरूको समाचारले हामीलाई भयभीत बनाएको छ। तिनीहरू भन्दछन् त्यस भूमिका मानिसहरू हामी भन्दा ठूला र अग्ला छन्। आकाश जति अग्ला पर्खाल भएका शहरहरू छन्। अनि तिनीहरूले त्यहाँ राक्षसहरू देखे।’
यपून्नेको छोरो कालेबले मात्र त्यो देश देख्नु पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किन? किनभने मैले दिएका सम्पूर्ण आज्ञाहरू उसले पालन गर्यो।’
अनि त्यो शहर अझ पनि कनिज्जी यपुन्नेका छोरा कालेबको अधीनमा छ किनभने उसले परमप्रभु इस्राएलका परमेश्वर प्रति विश्वास गरे अनि उहाँको आदेश पालन गरे।
यी एक लाख चवालीस हजार मानिसहरु जसले स्त्रीहरुसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरुले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरुबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरु नै पहिलो मानिसहरु थिए।