Home Bibles ☰ Books यहोशू 13:33 · नेपाली बाइबल
यहोशू 13:33 · नेपाली बाइबल

मोशाले लेवी कुल समूहलाई कुनै पनि भूमि दिएनन्। परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि उहाँ स्वयं लेवी कुल समूहका निम्ति भेटूनु हुनेछ।

Cross references

गन्ती 18:20

परमप्रभुले हारूनलाई पनि भन्नुभयो, “तिमीले भूमि पाउनेछैनौं। अनि अरू मानिसहरूले झैं तिमीले त्यहाँ केही आफ्नो बनाउनु पाउने छैनौ। म परमप्रभु नै तिम्रो हुनेछु। प्रतिज्ञा गरिएको अनुसार इस्राएली मानिसहरूले जग्गाजमीनहरू पाउनेछन् तर तिम्रो निम्ति म नै उपहार हुँ।

व्यवस्था 10:9

यसकारण लेवीहरूको भागमा भूमि परेन। तिनीहरूको भागमा परमप्रभु पर्नु भयो जुन परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नु भएको थियो। भूमि अरू कुलका मानिसहरूको भागमा मात्र पर्यो।

व्यवस्था 18:1

“लेवी कुलका मानिसहरूले इस्राएल भूमिको कुनै अंश पाउने छैनन्। तिनीहरू पूजाहारीको रूपमा सेवा गर्नेछन्। तिनीहरूले खाली आगोमा पकाएर परमप्रभुलाई चढाएको बलि खान पाउने छन अनि त्यही खानेकुरा मात्र लेवी कुलका मानिसहरूको अंश हुनेछ।

यहोशू 13:14

लेवी कुल समूह मात्र त्यो एक थियो। जसले कुनै भूमि प्राप्त गरेन। बद्लामा लेवीका मानिसहरूले ती सबै पशुहरू पाए जो आगोद्वारा परमप्रभु परमेश्वरलाई अर्पण गरिएका थिए। यो त्यही थियो जो परमप्रभुले तिनीहरूलाई भाकल गर्नु भएको थियो।

यहोशू 18:7

लेवी मानिसहरूले भूमिको हिस्सा पाउँदैनन्। तिनीहरूको हिस्सा पूजाहारीको रूपमा परमप्रभुको सेवा गर्नु हो। गाद, रूबेन, मनश्शेका आधा कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि पाइसकेका छन्। ती यर्दन नदीको पूर्वतर्फ छन्। परमप्रभुका दास मोशाले त्यो भूमि तिनीहरूलाई दिइसकेका छन्।”

Interlinear

Choose Theme