यसरी त्यहाँका सबै भूमिमा अनि सबै क्षेत्रमा एमोरी मानिसहरूका राजा सीहोनले शासन गर्थे, सम्मिलित थिए। ती राजाले हेश्बोनमा शासन गर्थे। तर मोशाले तिनलाई अनि मिद्यानका अगुवाहरूलाई परास्त गरेका थिए। ती अगुवाहरू एवी, रेकेम, सूर, हूर अनि रेबा थिए। (यी सबै अगुवाहरू एक साथ सीहोन विरूद्ध लडेका थिए।) यी सबै अगुवाहरू त्यस देशमा बस्थे।
Cross references
तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए।
त्यो मर्ने स्त्रीको नाम सूरकी छोरी कोजबी थिई। सूर मिद्यानी वंश घरानाको मुखिया थियो।
तिनीहरूले एवी, रेकेम, सूर, हूर र रेर्वा गरी पाँच जना मिद्यानी राजाहरू मारिदिएर बोरको छोरो बिलामलाई पनि तिनीहरूले मारे।
“तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।
यसरी हामीले समतलको सबै भूमिको र गिलादका शहरहरू सल्कादेखि एद्रेईसम्म बसानको समस्त आफ्नो पार्यौं। सल्का र एद्रेईहरू ओगको बाशानका राजा, ओगका शहरहरू थिए।”