अनि परमेशवरले भन्नुभयो, “के लौकाको बोटको निम्ति रिसाउनु उचित हो?” योनाले उत्तर दिए, “हो मेरो निम्ति रिसाउनुनै उचित हो, मलाई यस्तो रिस उठेको छ कि म मरिहालौं।”
Cross references
तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो।
परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तलाईं स्वीकार
उसले शिमशोनलाई दिनहुँ दिक्दारी बनाईन रहिन्। आफ्नो भेदको बारेमा उसको सोधाइद्वारा तिनी यति थकित भए कि तिनलाई अब मर्छु जस्तो लाग्न थाल्यो।
यसकारण आहाब घर फर्किए। उनी नाबोतसित रिसाएका थिए अनि उदास थिए। यिज्रेलको मानिसले भनेको कुरा उनलाई मन परेनन्। (नाबोतले भनेका थिए, “म मेरो परिवारको जग्गा दिने छैन्।”) आहाब आफ्नो ओछ्यानमा पल्टिएका थिए। उनले आफ्नो मुख अर्कोतिर पारे अनि केही नखाने भए।
मूर्ख मानिसको क्रोधले उसलाई नै मार्नेछ। सरल मानिसको उग्र आवेशले उसलाई नै मार्नेछ।
अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ। के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ? के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?
“म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिन। म आफ्नो मुखमा हात राखी बस्नेछु।
येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दुखै दुखले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।”
परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।
ती दिनहरुमा मानिसहरु मर्ने उपाय खोज्नेछन्, तर तिनीहरुले पाउने छैनन्। तिनीहरु मर्न चाहन्छन् तर मृत्यु तिनीहरुदेखि लुक्नेछ।