Home Bibles यूहन्ना 8:7 · नेपाली बाइबल
यूहन्ना 8:7 · नेपाली बाइबल

यहूदीहरूले लगातार त्यही प्रश्न येशूलाई सोधिरहे। तब येशू उभिनु भयो अनि भन्नुभयो, “तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्ने।”

Cross references

व्यवस्था 17:6

तर यदि त्यसको कसूर देख्ने साक्षी एक जना मानिस मात्र भए त्यसलाई मार्नु हुँदैन, तर दुई अथवा तीन जनाले उसको कसूर सत्य भनी प्रमाण दिए त्यो मानिसलाई मार्नु नै पर्छ।

भजनसंग्रह 50:16

परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ, “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ। तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।

हितोपदेश 12:18

विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।

हितोपदेश 26:4

मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ।

यर्मिया 23:29

मेरो सन्देश आगो जस्तै छ।” यो सन्देश परमप्रभुबाट आएको हो, “यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।

मत्ती 7:1

“अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन।

मत्ती 23:25

“शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्।

यूहन्ना 7:46

मन्दिरका पहरेदारहरूले उत्तर दियो, “कुनै मानिसले पनि अझ सम्म यस प्रकारले शिक्षा दिएको छैन!”

रोमी 2:1

यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैले आफूलाई जाँच गरिरहेका हुनेछौ।

रोमी 2:21

तिमीहरूले अन्य मानिसहरूलाई सिकाउँदैछौ। यसकारण तिमीहरू आफैलाई किन पढाउँदैनौ? तिमीहरू अरूलाई नचोर भन्छौ तर आफैचाहिँ चोर्दैछौं?

1 कोरिन्थी 14:24

तर मानिलेऊ तिमीहरू सबे अगमवाणी बोल्दैछो अनि कुनै विश्वास नगर्ने मानिस भित्र पस्छ वा कुनै अबूझ मानिस भित्र पस्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट उ जाँचिन्छ।

कलस्सी 4:6

जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानीसित व्यवहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।

हिब्रू 4:12

परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।

प्रकाश 1:16

उहाँको दाहिने हातमा सातवटा ताराहरु थिए। एउटा दुईपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।

प्रकाश 2:16

यसर्थ तिमीहरुको हृदय परिवर्त्तन गर। यदि तिमीहरु परिवर्त्तन भएनौ भने, मरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरुसंग लडन चाँडै तिमीहरुकहाँ आउनेछु।

प्रकाश 19:15

घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।

Interlinear

Choose Theme