Home Bibles यूहन्ना 8:18 · नेपाली बाइबल
यूहन्ना 8:18 · नेपाली बाइबल

म त्यस्तै एक गवाही हुँ जसले आफ्नै विषयमा भन्दछ। अनि पिता जसले मलाई पठाउनु भयो उहाँ अर्को गवाही हुनुहुन्छ।”

Cross references

यूहन्ना 5:31

“यदि मैले आफ्नो साक्षी आफैले दिन्छु तब मेरो साक्षी सर्मथित हुँदैन।

यूहन्ना 8:12

त्यसपछि, येशू फेरि मानिसहरूसंग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्नदछ।”

यूहन्ना 8:25

यहूदीहरूले सोधे, “तब तिमी को हौ?”येशूले जवाफ दिनुभयो, “शुरुदेखि नै मैले तिमीहरूलाई जे भनिरहेछु म त्यही हुँ।

यूहन्ना 8:38

म भनिरहेछु कि जे पिताले मलाई देखाउनु भयो तर तिमीहरूले त्यो काम गर्दछौ जो तिम्रा पिताबाट तिमीहरूले सुन्यौ।”

यूहन्ना 8:51

म साँचो भन्छु। यदि कुनै मानिसले मेरो वचन पालन गर्छ भने, त्यो मानिस कहिल्यै मर्ने छैन।”

यूहन्ना 8:58

येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँचो भन्छु। अब्राहाम जन्मनु अघि म छु।”

यूहन्ना 10:9

म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ।

यूहन्ना 10:11

“म असल गोठालो हुँ। असल गोठालोले भेडाका निम्ति आफ्नो जीवन प्रदान गर्दछ।

यूहन्ना 10:14

“म त्यो गोठालो हुँ जसले भेडालाई साँचो मनले रक्षा गर्छ। म मेरा भेडाहरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ।

यूहन्ना 10:30

पिता र म एकै हौं।”

यूहन्ना 11:25

येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।

यूहन्ना 14:6

येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।

हिब्रू 2:4

परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पबित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिएर त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो।

1 यूहन्ना 5:6

येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो।

प्रकाश 1:17

जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।

Interlinear

Choose Theme