Home Bibles यूहन्ना 5:42 · नेपाली बाइबल
यूहन्ना 5:42 · नेपाली बाइबल

तर म तिमीहरूलाई जान्दछु तिमीहरूमा परमेश्वरको प्रेम छैन।

Cross references

लूका 16:15

येशूले ती फरिसीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको अघि भलादमीको स्वभाव देखाँउछौ। तिमीहरू भित्र के छ परमेश्वर जान्नु हुन्छ। जुन कुरो मानिसको लागि मूल्यवान छ परमेश्वरको निम्ति त्यसको केही मूल्य छैन।

यूहन्ना 1:47

येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”

यूहन्ना 2:25

कसैले मानिसहरूको विषयमा उहाँलाई भन्नु पर्ने आवश्यक थिएन किनभने उहाँले मानिसको हृदयमा के छ जान्नु हुन्थ्यो।

यूहन्ना 5:44

तिमीहरू एकाअर्कामा प्रशंसा गरेको रूचाउँछौ। तर तिमीहरूले त्यो प्रशंसाको खोजी गर्दैनौ जो एक परमेश्वरबाट मात्र आँउछ। तब तिमी कसरी विश्वास गर्न सक्छौ?

यूहन्ना 8:42

येशूले ती यहूदीहरूलाई भन्नुभयो, “यदि परमेश्वर साँच्चै तिमीहरूका पिता भएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियौ। म परमेश्वरबाटै आएको हुँ, र म यहाँ छु। म आफ्नै अधिकारबाट आएको होइन। परमेश्वरले मलाई पठाउनु भयो।

यूहन्ना 8:47

जो परमेश्वरको हो उसले परमेश्वरले भन्नु भएका कुरा मान्दछ। तर तिमीहरू परमेश्वरले जे भन्नु हुन्छ त्यो स्वीकार्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ।”

यूहन्ना 8:55

तिमीहरू वास्तवमा उहाँलाई चिन्दैनौ। म उहाँलाई चिन्दछु। यदि मैले मेरा पितालाई चिनिनँ भने म तिमीहरू जस्तै झुटो हुनेछु। तर म उहाँलाई चिन्दछु। अनि म उहाँले जे भन्नुहुन्छ पालन गर्छु।

यूहन्ना 15:23

जसले मलाई घृणा गर्दछ, उसले मेरो पितालाई पनि घृणा गर्दछ।

यूहन्ना 21:17

तेस्रोपल्ट येशूले पत्रुसलाई सोध्नुभयो, “शिमोन, योआनेसको पुत्र, तिमी मलाई प्रेम गर्छौ?”पत्रुस उदास भए, किनकि येशूले उसलाई तेस्रो पल्ट सोध्नुभयो, “तिमी मलाई प्रेम गर्छौं?” पत्रुसले भने, “प्रभु तपाईं सब थोक जान्नुहुन्छ। मैले तपाईंलाई प्रेम गर्छु भनेर पनि जान्नुहुन्छ।”येशूले पत्रुसलाई भन्नुभयो, “मेरा भेंडाहरूलाई खुवाऊ।

रोमी 8:7

यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब उ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ।

हिब्रू 4:12

परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।

1 यूहन्ना 2:15

संसारलाई अथवा संसारमा भएका कुराहरुलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन।

1 यूहन्ना 3:17

कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरुप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?

1 यूहन्ना 4:20

यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरुलाई घृणा गर्छ भने त्यो मानिस झूटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्तैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ?

प्रकाश 2:23

म उसको छोरा-छोरीहरुलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरुले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरुका मन अनि हृदय जान्दछ। अनि म तिमीहरुको कर्म अनुसार दिनेछु।

Interlinear

Choose Theme