यूहन्ना 4:37 · नेपाली बाइबल
यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ यो विषय सत्य छ।’
Cross references
न्यायकर्ता 6:3
तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे।
अय्यूब 31:8
मैले रोपेको अन्न अर्कोले खावोस, र मेरा बाली जरै समेत उखेलिओस्!
मीका 6:15
तिमीहरु आफ्नो बिऊ छर्छौ, तर तिमीहरु बाली काट्ने छैनौ। तिमीले कोलमा जैतून पेलेर तेल निकाल्छौ तर तिमीले आफ्नो शिरमा घस्न पनि तेल प्रशस्त मात्रामा पाउदैनौ। तिमी दाख पेलेर दाखरस त निकाल्छौ तर पिउन पर्याप्त हुँदैन।
लूका 19:21
मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’