Home Bibles यूहन्ना 21:9 · नेपाली बाइबल
यूहन्ना 21:9 · नेपाली बाइबल

जब तिनीहरू किनारमा पुगे, तिनीहरूले जलिरहेको तातो कोइला देखे। त्यहाँ आगोमा केही माछा अनि केही रोटीका टुक्रा थिए।

Cross references

1 राजा 19:5

तब एलिया रूखको तल सुते अनि निदाए। एउटा स्वर्गदूत एलिया कहाँ आए अनि उनलाई छोए। स्वर्गदूतले भने, “उठ! खाऊ!”

1 राजा 19:6

एलियाले आफ्नो छेवैमा कोइलामा पकाएको केक र एउटा ढुंग्रोमा पानी देखे। एलियाले खाई-पिई गरेर तब तिनी फेरि सुते!

मत्ती 4:11

त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे।

मर्कूस 8:3

म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरन्छन्।”

लूका 12:29

त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर।

यूहन्ना 18:18

जाडोको दिन थियो। यसैले नोकहररू र द्वारापालहरूले आगोको भुड्ग्रो बनाए। तिनीहरू आगोको वरिपरि उभिंदै आफूलाई न्यानो पारिरहेका थिए। पुत्रस पनि तिनीहरूसंगै उभिइरहेका थिए।

यूहन्ना 21:10

येशूले भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेको केही माछाहरू ल्याऊ।”

यूहन्ना 21:13

येशू जानु भए अनि रोटी लिनुभयो। उहाँले रोटी लिएर तिनीहरूलाई दिनुभयो। येशूले माछा पनि लिएर तिनीहरूलाई दिनुभयो।

Interlinear

Choose Theme