Home Bibles यूहन्ना 21:23 · नेपाली बाइबल
यूहन्ना 21:23 · नेपाली बाइबल

यसरी यो कुरा भाइहरूमा यति सम्म फैलिन गयो कि उसको त्यो चेला मर्दैन। तर येशूले त्यो मर्दैन भनि भन्नु भएको थिएन। तर यो भन्नु भएको थियो कि , “यदि म यो चाहन्छु कि जबसम्म म आऊँदिन त्यो यहीं जीवित रहे तिमीलाई के भयो त?”

Cross references

व्यवस्था 29:29

“परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ।

अय्यूब 28:28

अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, “परमेश्वरको डर र सम्मान नै ज्ञान हो। खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।”

अय्यूब 33:13

अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ। तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।

दानियल 4:35

यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन् परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ स्वर्गको शक्ति भन्दा ठूला कोही पनि छैन उहाँले भन्नुहुन्छ, स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन उहाँको सशक्त हातले जे गर्छ यसमाथि कुनै प्रश्न नै उठ्दैन्।

प्रेरित 1:15

केही दिन पश्चात् त्यहाँ विश्वास गर्नेहरूको सभा भइरहेको थियो। सभामा झण्डै एक सय बीस जना मानिसहरू थिए। पत्रुस उभिए र भने,

Interlinear

Choose Theme