Home Bibles यूहन्ना 2:12 · नेपाली बाइबल
यूहन्ना 2:12 · नेपाली बाइबल

त्यसपछि येशू कफर्नहुम शहर तर्फ जानु भयो। उहाँकी आमा, भाइहरू अनि चेलाहरू उहाँसंगै गए। तिनहरू केही दिनको लागि मात्र कफर्नहुममा बास बसे।

Cross references

मत्ती 4:13

येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ।

मत्ती 11:23

तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अहँ तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो।

मत्ती 12:46

जब येशू मानिसहरूसित अझ बातचीत गर्दे हुनुहुन्थयो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशुसँग भेट गर्न चाहन्थे।

मत्ती 13:55

यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्।

मर्कूस 6:3

के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसंग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।

यूहन्ना 6:17

यसबेला अन्ध्यारो भइसक्दा पनि येशू र्फकनु भएको थिएन। चेलाहरू डुङ्गामा चढे अनि कफर्नहुम जान लागे। कफर्नहुम समुद्रको अर्को पट्टि थियो।

यूहन्ना 7:3

तब येशूका भाइहरूले उहाँलाई भने,“तपाईंले यता छोडेर यहूदाको पर्वमा जानुपर्छ। तब तपाईंका चेलाहरूले त्यहाँ तपाईंले गर्नु भएको महान कार्य देख्न सक्नेछन्।

प्रेरित 1:13

प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।

1 कोरिन्थी 9:5

यात्रा गर्दा पत्नी जो विश्वासी छ साथमा लिएर हिंड्ने हाम्रो अधिकार छ। छैन र? अरू प्रेरित हरू, प्रभुमा भाइहरू र केफास सबैले यसो गर्छन्।

गलाती 1:19

मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्।

Interlinear

Choose Theme