येशू बाहिर आए। उहाँले काँडेदार मुकुट र बैजनी वस्त्र लगाउनु भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “ त्यो मान्छो यही हो।”
Cross references
तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः हेर कन्या स्त्री गर्भवती हुनेछ र उसले एउटा छोरो जन्माउनेछ उसको छोरोको नाउँ इम्मानुएलराखिनेछ।
सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्। तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार भन। यरूशलेम, भन्नलाई तिमीसँग सुसमाचार छन्। नडराऊ, कराएर बोल। यी समाचार यहूदाका सारा शहरहरूमा भन “हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”
याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।
यताबाट भएर जाने सबै मानिसहरू, तिमीहरू पर्वाह गर्दैनौ। तर म प्रति हेर्नुहोस् के मेरो जस्तो पीडा कसैको छ? जुन मलाई आई पर्यो? के त्यहाँ मेरो जस्तै पीडा परमप्रभुले अरू कसैलाई दिनु भएको छ र? उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको हो।
अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।
सिपाहीहरूले काँडादार हाँगाहरूका एउटा मुकुट गुँथे अनि येशूको टाउकोमा लगाई दिए। त्यसपछि तिनीहरूले बैजनी रंगको वस्त्र उनको शरीरमा पहिराइ दिए
हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।