Home Bibles यूहन्ना 19:20 · नेपाली बाइबल
यूहन्ना 19:20 · नेपाली बाइबल

पिलातसले त्यो हिब्रू ल्याटिन र ग्रीक भाषामा लेखेका थिए। धेरै यहूदीहरूले त्यो संकेतपट पढे किनभने क्रूसमा येशूलाई टाँगेको ठाउँदेखि शहर नगिचमा थियो।

Cross references

यूहन्ना 5:2

यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेडा-ढोकाको नजीकमा छ।

यूहन्ना 19:13

पिलातसले यहूदीहरूले के भने सुने। यसैले उसले येशूलाई महल बाहिर ल्याए त्यस ठाउँलाई “ढुंगाको पाटी” भनिन्छ। जसलाई हिब्रू भाषामा “गब्बाथा” भनिन्छ। त्यो न्यायसनमा पिलातस बसे।

प्रेरित 21:37

सेनाहरू पावललाई सैन्य भवनमा लैजान तयार थिए। तर पावल सेनापतिसंग बोले। उनले सोधे, “तपाईंलाई केही भन्न सक्छु?” सेनापतिले भने, “अरे! तिमी ग्रीक भाषा बोल्छौ?”

प्रेरित 21:40

सेनापतिले पावललाई मानिसहरूसंग बोल्नु अनुमति दिए। यसकारण उनी सिढीमा उभिए अनि उनले हातको इशाराले मानिसहरू शान्त हुनु भने। जब मानिसहरू शान्त भए पावल तिनीहरूसंग बोले। उनले यहूदी भाषामा तिनीहरूसंग बोले।

प्रेरित 22:2

पावलले यहूदी भाषामा बोलेको यहूदीहरूले सुने। जब पावलले यहूदी भाषा बोलेको यहूदीहरूले सुने तिनीहरू झन चुपचाप बसे। पावलले भने,

प्रेरित 26:14

हामी सबै जना भूइँमा लड्यौ। त्यसपछि मैले यहूदी भाषामा एक आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, ‘शावल, शावल किन मलाई सताइरहेका छौ? तिमी मसंग लडेर केवल आफैलाई चोट पुर्याइरहेका छौ।’

हिब्रू 13:12

त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो।

प्रकाश 9:11

ती सलहहरुका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्र भाषामा उसको नाउँ एबिड्डोनथियो। यूनानी भषामा त्यसको नाउँ अपोल्लियोन थियो।

प्रकाश 16:16

त्यासपछि ती दुष्ट आत्माहरुले राजाहरुलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।

Interlinear

Choose Theme