यूहन्ना 19:16 · नेपाली बाइबल
तब येशूलाई क्रूसमा झुणड्याएर मार्नु भनेर पिलातसले तिनीहरूलाई सुम्पे।सिपाहीहरूले येशूलाई लगे।
Cross references
मत्ती 27:26
अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोर्रा लगाँउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झुण्डयाएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए।
मर्कूस 15:15
पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकून दिय्ए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।
लूका 23:24
तिनीहरू यति साहो चिच्याए कि पिलातसले तिनीहरूको निवेदन पूरा गर्ने निर्णय लिए।