Home Bibles यूहन्ना 18:40 · नेपाली बाइबल
यूहन्ना 18:40 · नेपाली बाइबल

यहूदीहरूले फेरि चिच्याउदै भने, “अहँ, यसलाई होइन! बारब्बालाई मुक्त गरियोस्।” (बारब्बा एक डाकू थिए।)

Cross references

मत्ती 27:16

त्यसबेला एकजना एकदमै दुष्ट मानिस कैदमा परेका थियो। त्यसको नाम बेला बरब्बा थियो।

मत्ती 27:26

अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोर्रा लगाँउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झुण्डयाएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए।

मर्कूस 15:7

त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो।

मर्कूस 15:15

पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकून दिय्ए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।

लूका 23:18

तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।”

लूका 23:25

मानिसहरू बरब्बासलाई मुक्त गराउन चहान्थे। बरब्बासले मानिसहरूको हत्या गरेको र आतङक फैलाएको आरोपमा कैदमा परेको थियो। पिलातसले बरब्बासलाई मुक्त गिरदिए। तिनीहरूको इच्छा अनुसार जे गर्नु चाहन्थे त्यही गर्नु तिनीहरूलाई येशूलाई तिनले सुम्पिए।

प्रेरित 3:13

होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्र सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुम्पियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ।

Interlinear

Choose Theme