प्रधान पूजाहारीको एकजना नोकर त्यहाँ थियो। त्यो नोकर त्यस मान्छेको आफन्त थियो जसको कान पत्रुसले काटेको थियो। नोकरले भन्यो, “तिमीलाई उसंग मैले बगैंचामा देखेको होइन?”
Cross references
जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।
केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, “हामी जान्दछौ एक येशूको चेलाहरू मध्ये तिमी पनि हौ। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।”
फेरि पत्रुसले यी कुरा साँचो होइन भनेर भने।केहीक्षण पछिनै, केही मानिसहरू जो त्यहाँ उभिरहेका थिए, पत्रुसलाई भने, “हामी तिमीलाई ती मध्येहरुको एकजना हो भनेर चिन्दछौं किनभने तिमी गालील बासी हौ।”
प्रायः एक घण्टापछि, अर्को मानिसले भन्यो, “निश्चय यो मानिस उहाँसंगै थियो। किनभने यो पनि गालीलबाट आएको हो।”
जब येशूले प्रार्थना सिध्याउनु भयो, उहाँले आफ्ना चेलाहरू लिएर जानुभयो। तिनीहरू किद्रोन खोल्सा पारि ऊ बेंसी गए। अर्कोपट्टि त्यहाँ जैतुन रूखहरूको बगैंचा थियो। येशू र उहाँका चेलाहरू त्यहाँ गए।
शिमोन पत्रुसकोमा एउटा तरवार थियो। उसले तरवार निकालेर मुख्य पूजाहारीको नोकरलाई प्रहार गर्यो। पत्रुसले त्यसको दाहिने कान काटिदियो। त्यस नोकरको नाउँ माल्ख थियो।