Home Bibles यूहन्ना 16:17 · नेपाली बाइबल
यूहन्ना 16:17 · नेपाली बाइबल

कोही चेलाहरूले आपसमा भने, “येशूले जब त्यसो भन्नु हुन्छ त्यसको मतलब के हो? ‘केही बेरपछि तिमीहरूले मलाई देख्नछैनौ अनि तब केही बेरपछि मलाई फेरि देख्नेछौ?’ ‘त्यसो जब भन्नुहुन्छ म पिताकहाँ जादैछु त्यसको अर्थ के हो?”

Cross references

मर्कूस 9:10

तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए।

मर्कूस 9:32

तर चलाहरूले केही बुझेनन् कि येशूले के भन्नुभएको हो। अनि उहाँले के भन्नुभएको हो भनेर सोध्न डराए।

लूका 9:45

तर चेलाहरू येशूले भन्नुभएको यी कुराहरूको अर्थ केही बुझेनन्। यसको अर्थ तिनीहरूले चेलाहरू त्यस विषयमा उहाँलाई सोध्न डराए।

लूका 18:34

प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्।

यूहन्ना 12:16

येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।

यूहन्ना 14:5

थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?”

यूहन्ना 14:22

तब यहूदाले (इस्करियोत यहूदा होइन) भन्यो, “तर प्रभु किन तपाईंले आफूलाई हामी समक्ष प्रकट गर्नुहुन्छ र संसार समक्ष किन गर्नुहुन्न?”

यूहन्ना 16:1

“मैले यी कुराहरू तिमाहरूलाई भनें ताकि तिमीहरूले आफ्नो विश्वास हराउने छौनौ।

यूहन्ना 16:5

अब म उहाँकैमा गइरहेकोछु जसले मलाई पठाउनुभयो। तर तिमीहरू कसैपनि मलाई सोधेनौ, ‘तपाईं कहाँ गइरहुन भएको छ?’

यूहन्ना 16:16

“केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ। अनि अर्को केही बेर पछि मलाई फेरि तिमीहरूले देख्नेछौ।”

यूहन्ना 16:19

येशूले जान्नु भयो कि चेलाहरूले त्यस विषयमा उहाँलाई सोध्न चाहन्छन्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू आपसमा सोधिरहेछौ मेरो भन्नुको तात्पर्य जब मैले भने, केही बेरपछि तिमीहरूले मलाई देख्ने छैनौ। तिमीहरूले यो जान्नलाई आपसमा बहस गरेकाछौ। त्यसपछि फेरि अर्को केही बेरपछि देख्नेछौ?

Interlinear

Choose Theme