यूहन्ना 12:30 · नेपाली बाइबल
येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन।
Cross references
यूहन्ना 5:34
मलाई मेरो विषयमा भन्नलाई मान्छेको आवश्यकता छैन। तर म तिमीहरूलाई ती कुराहरू भन्नेछु ताकि तिमीहरू बाँच्न सक्छौ।
यूहन्ना 11:15
अनि म खुशी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ अब हामी उनीकहाँ जाँऊ।”
यूहन्ना 11:42
म जान्दछु कि तपाईंले सँधैं मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउने भएको हो।”
2 कोरिन्थी 8:9
हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।