लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।
Cross references
तर धेरै जनाले येशूमा विश्वास गरे। मानिसहरूले भने, “हामी ख्रीष्ट आउनु हुन्छ भनेर र्पखिरहेकाछौं। जब ख्रीष्ट आउनु हुनेछ तब उहाँले यो मानिसले भन्दा अझ बेशी चमत्कारहरू गर्न सक्नछन्? होइन, अतः यही मान्छे ख्रीष्ट हुनुपर्छ।”
मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे।
यदि हामीले उनलाई त्यस्तो गर्न दिइरह्र्यौ भने सबै मानिसहरूले ऊमाथि विश्वास गर्नेछन्। तब रोमीहरू आउनेछन् र हाम्रा मन्दिर अनि जाति लानेछन्।”
धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो।
“यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर।
जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसंग र्तक विर्तक गरे।
यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन।