Home Bibles यूहन्ना 11:54 · नेपाली बाइबल
यूहन्ना 11:54 · नेपाली बाइबल

यसैले खुल्ला भएर येशू यहूदीहरूका माझमा हिडन बन्द गर्नुभयो। येशू यरूशलेम छोडेर मरूभूमि छेउकै स्थानमा जानु भयो। उहाँ इफ्राइम भन्ने शहरमा जानु भयो। येशू आफ्ना चेलाहरूसंग त्यहाँ बस्नु भयो।

Cross references

2 शमूएल 13:23

दुइ वर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेडाका ऊन कात्न आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए।

2 इतिहास 13:19

अबियाहका सेनाले यारोबामका सेनालाई खेदे। अबियाहका सेनाले यारोबामबाट बेतेल, येशना अनि एप्रोन शहरहरू कब्जा गरे। तिनीहरूले ती शहरहरू अनि ती शहरहरू नजिकका सा-साना गाउँहरू अधिकारमा ल्याए।

यूहन्ना 4:1

येशूले यूहन्नाले भन्दा धेरै चेलाहरू बनाउँनु हुँदैछ साथै बप्तिस्मा पनि दिनु हुँदैछ भन्ने फरिसीहरूले सुने।

यूहन्ना 7:1

यो घटना पछि, येशूले गालील देशको चारैतिर यात्रा गर्नुभयो। येशूले यहूदियामा भ्रमण गर्न चाहनु भएन किनभने यहूदीहरूले उहाँलाई मार्ने मौका खोजी रहेका थिए।

यूहन्ना 7:4

यदि कसैले आफूलाई जनसमूह माझ प्रकाश गर्न चाहन्छ भने, उसले आफ्नो काम गुप्तीरूपले गर्नु हुँदैन। संसारलाई आफू स्वयंले देखाऊ। तिमीले गरेका चमत्कारहरू तिनीहरूले देखुन्।”

यूहन्ना 7:10

तब येशूका भाईहरू चाडतिर गए। तब उहाँ पनि चाडमा जानुभयो। तर येशू खुल्लम खुल्ला त्यहाँ जानु भएन, तर गुप्तीरूपले जानुभयो।

यूहन्ना 7:13

तर कसैको पनि येशूको विषयमा खुल्लमखुल्ला प्रकारले कुरा गर्ने आँट थिएन। मानिसहरू यहूदी अगुवाहरूसंग डराउँदथे।

यूहन्ना 10:40

त्यसपछि येशू फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येशू त्यस ठाउँ जानु भयो जहाँ यूहन्नाले पहिला बप्तिस्मा दिएका थिए।

यूहन्ना 18:20

येशूले उत्तर दिनुभयो, “म सधैं सबै मानिसहरूसंग खुल्लम-खुल्ला बोलेको छु। मैले संधैं सभा-घर र मन्दिरको क्षेत्रमा जहाँ सबै यहूदीहरू भेला हुन्छन् खुल्लम-खुल्ला शिक्षा दिएकोछु। मैले कहिले पनि कुनै कुरो गुप्त राखिनँ।

Interlinear

Choose Theme