Home Bibles यूहन्ना 10:42 · नेपाली बाइबल
यूहन्ना 10:42 · नेपाली बाइबल

अनि त्यहाँ धेरै मानिसहरूले येशूमा विश्वास गरे।

Cross references

यूहन्ना 2:23

यहूदीहरूको निस्तार चाडको समय येशू यरूशलेममा हुनुहुन्थ्यो। उहाँको चमत्कारहरू देखइसके पछि धेरै मानिसहरूले उहाँमाथि विश्वास गर्न थाले।

यूहन्ना 4:39

त्यो स्त्रीको प्रमाणको कारणले गर्दा सामारी शहरमा धेरै जसो मानिसहरूले विश्वास गरे। तिनले भनिन्, “उहाँले मैले जे गरेकी थिए प्रत्येक कुरा भन्नु भयो।”

यूहन्ना 4:41

तर अझ धेरै मानिसहरूले उहाँकै वचनको कारणले उहाँलाई विश्वास गरे।

यूहन्ना 7:31

तर धेरै जनाले येशूमा विश्वास गरे। मानिसहरूले भने, “हामी ख्रीष्ट आउनु हुन्छ भनेर र्पखिरहेकाछौं। जब ख्रीष्ट आउनु हुनेछ तब उहाँले यो मानिसले भन्दा अझ बेशी चमत्कारहरू गर्न सक्नछन्? होइन, अतः यही मान्छे ख्रीष्ट हुनुपर्छ।”

यूहन्ना 8:30

जब येशूले यी कुराहरू गरिरहनु भएको थियो, धेरौ मानिसहरूले उहाँलाई विश्वास गरे।

यूहन्ना 11:45

मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे।

यूहन्ना 12:42

तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो।

Interlinear

Choose Theme