Home Bibles अय्यूब 9:28 · नेपाली बाइबल
अय्यूब 9:28 · नेपाली बाइबल

म मेरा पीडाले अझै भयभीत छु। म जान्दछु तिमीले मलाई निर्दोष मान्ने छैनौ।

Cross references

प्रस्थान 20:7

“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।

अय्यूब 3:25

जुन कुराहरूसित म डराउँथें मलाई त्यही भयो, अनि जेसित म अति डराउथें त्यही ममाथि पर्यो।

अय्यूब 7:21

किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन? किन तपाईंले मेरा निम्ति पापहरूको क्षमागर्नु भएन? चाँडै म मर्ने छु र आफ्नो चिहानमा हुनेछु। तब तपाईंले मलाई खोज्नु हुनेछ तर म गइसकेको हुनेछु।”

अय्यूब 9:2

“हो, म जान्दछु तिमीले जे कुरा भन्छौ त्यो सत्य हो। तर कसरी मानिसले परमेश्वरलाई तर्कमा पराजित गराउनु सक्छ?

अय्यूब 9:20

म निर्दोष छु, तर मैले भनेका कुराहरूले मलाई दोषी बनाए जस्तो लाग्छ। म निर्दोष छु, तर यदि म बोलें भने मेरो मुखले मलाई नै दोषी प्रमाणगर्छ।

अय्यूब 10:14

यदि मैले पाप गरें भने तपाईंले देख्नु हुन्छ। यसैले गल्ती काम गर्दा तपाईंले दण्ड दिन सक्नु हुन्छ।

अय्यूब 14:16

तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ, तर तपाईंले मेरो पापहरू सम्झनु हुन्न।

अय्यूब 21:6

जब मलाई के भएको थियो भनी सोच्छु मलाई डर लाग्छ अनि मेरो शरीर काम्छ।

अय्यूब 33:10

मैले गल्ती काम गरिनँ, तर परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ। परमेश्वरले मलाई शत्रुलाई झैं व्यवहार गर्नु भयो।’

भजनसंग्रह 88:15

युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ। मैले तपाईंको क्रोध सहें, म असहाय छु।

भजनसंग्रह 119:120

हे परमप्रभु, म तपाईंबाट भयभीत छु। म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु।

भजनसंग्रह 130:3

परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने, कुनै मानिस पनि जिउँदो हुने थिएन।

Interlinear

Choose Theme