Home Bibles ☰ Books अय्यूब 9:18 · नेपाली बाइबल
अय्यूब 9:18 · नेपाली बाइबल

परमेश्वरले फेरि मलाई सास फेर्न दिनुहुने छैन। उहाँले खाली मलाई ज्यादा दुःखहरू मात्र दिनुहुन्छ।

Cross references

रूथ 1:20

तर नाओमीले मानिसहरूलाई भनिन्, “मलाई ‘नाओमी’ भनि नबोलाऊ, मलाई ‘मारा’ भनि बोलाऊ। यो नाउँ प्रयोग गर किनभने सर्वशक्तिमान परमेश्वरले मेरो जीवनलाई उदास तुल्याइदिनु भएको छ।

अय्यूब 3:20

किन पीडित मानिसहरू मात्र सधैं बाँच्नै पर्छ? जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु?

अय्यूब 7:19

परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न। तपाईंले मलाई एकछिन पनि एक्लै छाडन सक्नुहुन्न।

अय्यूब 27:2

“परमेश्वर जीवित हुनु भए झैं कसले मबाट न्याय खोसेको छ! सर्वशक्तिमान परमेश्वर जसले मेरो जीनव तिक्त बनाउनु भयो,

भजनसंग्रह 39:13

हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस् अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।

भजनसंग्रह 88:7

परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो, अनि मलाई सजाय दिनुभयो।

भजनसंग्रह 88:15

युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ। मैले तपाईंको क्रोध सहें, म असहाय छु।

यर्मिया 9:14

यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए। तिनीहरू हठी थिए। तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”

विलाप 3:3

परमप्रभुको हात मेरो विरूद्ध उठ्यो, उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो।

विलाप 3:15

परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।

विलाप 3:18

मैले आफैलाई भनें, “परमप्रभुबाट सहयोग पाउँने आशा अब म गर्दिन्।”

हिब्रू 12:11

सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।

Interlinear

Choose Theme