Home Bibles ☰ Books अय्यूब 9:12 · नेपाली बाइबल
अय्यूब 9:12 · नेपाली बाइबल

यदि परमेश्वरले केही थोक लगेर जानु भयो भने कसैले उहाँलाई रोक्न सक्दैन। कसैले पनि उहाँलाई केही भन्न ‘सक्तैनन् तपाईं के गरिरहनु भएको छ?’

Cross references

2 शमूएल 16:10

तर राजाले जवाफ दिए, “सरूयाहका छोराहरू किन तिमीहरू मेरो मामलाहरूमा हात हाल्छौ? साँच्चो हो, शिमीले मलाई सराप्दै छ। तर सायद परमप्रभुले मलाई सराप्नु उसलाई भन्नु भएको होला।” कसले परमप्रभुलाई उहाँले गर्नु भएको विषयमा प्रश्न गर्न सक्छ र?”

अय्यूब 1:21

उनले भनेः“जब म यस संसारमा जन्मको थिएँ, म नाङ्गै थिएँ, अनि मसँग केही पनि थिएन। जब म मर्छु अनि यो संसार छाडेर जान्छु, म नाङ्गै नै जानेछु, अनि मसँग केही रहनेछैन। परमप्रभुले दिनुभयो, अनि परमप्रभुले लानु भयो। परमप्रभुको नाउँको प्रशंसा होस्।”

अय्यूब 11:10

यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने, कसैले उहाँलाई रोक्न सक्तैन।

अय्यूब 23:13

तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न। परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।

अय्यूब 33:13

अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ। तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।

अय्यूब 34:29

तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन। यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन। परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।

यशैया 45:9

“यी मानिसहरूलाई हेर! कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन्। तिनीहरूलाई हेर मसँगै तिनीहरू वहश गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्।

यर्मिया 18:6

“इस्राएलका घराना, तिमीहरू जान्दछौ कि म, परमेश्वर तिमीहरूसँग पनि त्यस्तै काम गर्न सक्छु। तिमीहरू कुमालेको हातको माटो जस्तै छौं। अनि म कुमाले जस्तो हुँ।

दानियल 4:32

तपाईंलाई मानिसहरूबाट निस्कासित गरिनेछ। तपाईं जङ्गली पशुहरूसँग बस्नु पर्नेछ अनि गाईले झैं घाँस खानुहुनेछ। सात वर्ष सम्म यो चलिरहनेछ जब सम्म तपाईंले यो बुझ्नुहुँदैन कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि शासन गर्नुहुन्छ। अनि उहाँले जसलाई चाहनुहुन्छ उसलाई राज्य दिनुहुन्छ।”

दानियल 4:35

यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन् परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ स्वर्गको शक्ति भन्दा ठूला कोही पनि छैन उहाँले भन्नुहुन्छ, स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन उहाँको सशक्त हातले जे गर्छ यसमाथि कुनै प्रश्न नै उठ्दैन्।

मत्ती 11:26

हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो।

मत्ती 20:15

के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसंग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईष्या लग्यो?’

रोमी 9:18

यसैले, परमेश्वरले जसलाई चाहनु हुन्छ उसैमाथि कृपा दर्शाउनु हुन्छ। अनि परमेश्वरले जसलाई हठी बनाउनु चाहनु हुन्छ उसलाई हठी बनाउनु हुन्छ।

Interlinear

Choose Theme