Home Bibles अय्यूब 6:23 · नेपाली बाइबल
अय्यूब 6:23 · नेपाली बाइबल

के मैले तिमीहरूलाई भने, ‘शत्रुहरूबाट मलाई जोगाऊ? निष्ठुर मानिसहरूबाट मलाई जोगाऊ?’

Cross references

लेवी 25:48

यदि यस्तो भएको खण्डमा त्यस मानिससित फिर्ता किन्ने अधिकार छ। उसलाई उसको दाज्यू-भाइहरू मध्ये कसैले किन्नु सक्छ।

नहेम्याह 5:8

मैले तिनीहरूलाई भनें, ‘हामीले सकेसम्म हाम्रा यहूदी दाज्यू-भाइहरू जो अन्य जातिहरूकहाँ दास झैं बेचिएका थिए फर्काएर ल्याका छौं। तर अहिले तिमीहरूले तिमीहरूका दाज्यू-भाइहरूलाई दासहरू जस्तै बेचिएका छौं। फेरि स्वतन्त्र बनाउन तिनीहरूलाई हामीले किन्नु पर्छ। तिनीहरूले जावाफ दिन एउटा शब्द पनि पाएनन्।

अय्यूब 5:20

जब त्यहाँ अनिकाल आईपर्छ परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ। अनि जब त्यहाँ युद्ध हुँदछ परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ।

भजनसंग्रह 49:7

कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन, अनि तिमीले परमेश्वरलाई घूसदिन सक्तैनौ।

भजनसंग्रह 49:8

कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।

भजनसंग्रह 49:15

तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ, उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!

भजनसंग्रह 107:2

यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो, प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो। परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो।

यर्मिया 15:21

“म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन्। तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”

Interlinear

Choose Theme