म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन। किन? किनभने मबाट सफलता जति लगेर गयो।
Cross references
“निःसन्देह तिमी सोच्छौ तिमी मात्र ज्ञानी पुरूष हौ तिमी सोच्छौ जब तिमी मर्छौ ज्ञान पनि तिमीसँगै जानेछ।
तिमीले जाने जति म पनि जान्दछु। म तिमी जतिकै तेज छु।
हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो। तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो।
हुन सक्छ, तिमीले भन्नेछौ, ‘हामीले उनीमाथि दवाफ पार्नुपर्छ। हामीले उसलाई दोष दिने कारणहरू पाउँन सक्नेछौं।’
“बिल्दद, यस थकित अनि उदास मानिसलाई तिमीले साँच्चि नै ठूलो सहयोग गर्यौ। के तिमी साँच्चै सोच्छौ कि तिमीले त्यो मानिसलाई जसको बाहुबलमा केही शक्ति छोडिएको छैन बचाएका छौ?
यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।
कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैले जाँचोस्। तब मात्र ऊ र्गवित हुनसक्छ।