Cross references
तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्। शत्रुहरूले बुझ्ने छैनन्। तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्, “परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन हामीले हाम्रै शाक्तिले जित्यौं।”‘
त्यसपछि गाडा कता जान्छ ख्याल राख। यदि गाडा बेत-शेमेशपट्टि अघि बढेर इस्राएलको भूमितिर गयो भने त्यसले यो संकेत दिन्छ, परमप्रभुले नै हामीलाई त्यस्तो ठूलो रोग दिनुभएको हो। तर गाई बेत-शेमेश तिर गएन भने हामीले बुझ्नेछौं कि त्यो दण्ड स्वरूप भनिएको देशान इस्राएलका परमेश्वरबाट भएको होइन। हामीले त्यो बिमार आफै फैलिएको हो भनेर जान्नुपर्यो।”
तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन। यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन। परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।
हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सक्छ। तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ।
मैले उज्यालो बनाएँ अनि मैले अंध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।
सर्वोचय परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।
तिनीहरू प्रतिज्ञा गर्छन। तर तिनीहरू केवल झूटो बोल्छन। तिनीहरू आफ्नो प्रतिज्ञा पूरा गर्दैनन्। अत तिनीहरूले जोतेका खेतमा उम्रिएको विषालु झापरात जस्तै विवाद बढ्छ।
के युद्धको तुरहीको ध्वनी सुनेर मानिसहरु डराउँदैनन्? अनि यदि शहरमा कष्टहरु आउँछ भनेत्यो परमप्रभुद्वारा पठाइएको हो।
सर्तक बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बंचित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बडनु हुँदैन र अरूलाई बिगार्नु हुँदैन।