जब मानिसहरूले तिम्रो निन्दा गर्छन परमेश्वरले तिम्रो रक्षा गर्नु हुन्छ। अनि यस्तो हुदाँ तिम्रो विनाश हुन्छ भनी डराउनु पर्दैन।
Cross references
धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्। ती दुष्टहरू लडाइँ गर्न तैयार हुन्छन्। तर तपाईंले ती मानिसहरूलाई लुकाउनु हुन्छ र तिनीहरूको रक्षा गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई आफ्नो छत्रछाँयामा जोगाउनु हुन्छ।
परमप्रभुको जय होस्! जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए आफ्नो स्नेहपूर्ण करूणा अद्भूत प्रकारले मलाई देखाउनु भयो।
मेरा शत्रुहरू वास्तवमा चिप्लो धस्नेहरू हुन्, तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्। तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ, तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।
मेरो प्राण विपदमा छ। मेरा शत्रुहरू चारैतिर छन्। तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत अनि तरवार जस्तो धारिलो जिब्रो लिएर मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।
तिमीहरू राती व्यर्थमा डराउने कामै छैन अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौं।
विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।
मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफै दोषी रहेको प्रमाणित गर्नेछन्।”परमप्रभु भन्नुहुन्छ, परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट माफ पाउनेछन्।”
तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”
हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ।एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ।