यदि नदीमा बाढी आए जलगैंडा भाग्दैन। यदि यर्दन नदी उसको अनुहारमा परे पनि त्यो डराउँदैन।
Cross references
लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।)
फसल कटनीको समयमा यर्दन नदी किनार माथि माथि भएर बग्छ। यसर्थ नदी पूर्ण रूपले भरिएको थियो। पूजाहारीहरू, जसले सन्दूक बोकेका थिए, नदीका किनारमा आए र तिनीहरूले पानीमा टेके।
म भागेर बाँच्ने थिएँ। म दुःखको तूफानबाट भाग्ने थिएँ।
ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलढुङ्गा-सियोनको भूईंमा। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ उ निराश हुनेछैन।
मैले इनारहरू खनें र नयाँ ठाउँहरूबाट पानी पिएँ। मैले मिश्रका नदीहरू सुक्खा पारी दिएँ अनि त्यस देशमाथि कुल्चेर हिडें।’