अय्यूब, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु। अनि तिमीले आफ्नै शक्तिद्वारा आफैलाई बचाउन सक्षम छौ भनेर म स्वीकार्नेछु।
Cross references
हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो। उनीहरूका पाखुराहरू बलिया थिएनन्। जसले तिनीहरूलाई विजयी गराए। यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो। परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। किन? किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!
म मेरो धनु र तरवारमाथि भरोसा राख्दिन। मेरो तरवारले मलाई बचाउन सक्दैन।
परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो।
तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ।