Home Bibles अय्यूब 4:10 · नेपाली बाइबल
अय्यूब 4:10 · नेपाली बाइबल

दुष्ट मानिसहरू सिंहहरू जस्तै गर्जन्छन र र्झकिन्छन्। तर परमेश्वरले ती दुष्ट मानिसहरूलाई तहमा ल्याउनु हुन्छ अनि तिनीहरूका दाँतहरू भाँचिदिनु हुन्छ।

Cross references

अय्यूब 5:15

परमेश्वरले दरिद्र मानिसहरूलाई मृत्युबाट पनि जोगाउनु हुन्छ। उहाँले गरीब निरीह मानिसहरूलाई शक्तिशालीहरूबाट जोगाउनु हुन्छ।

अय्यूब 29:17

म दुष्ट मानिसहरूलाई आफ्नो शक्ति दुरउपयोग गर्न रोक्थें अनि म उसलाई गल्ती तरीकाले जे लिने चेष्टा गरेको हुन्थ्यो त्यो फर्काउन लगाउथें।

भजनसंग्रह 3:7

हे परमप्रभु, उठ्नु होस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ।

भजनसंग्रह 57:4

मेरो प्राण विपदमा छ। मेरा शत्रुहरू चारैतिर छन्। तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत अनि तरवार जस्तो धारिलो जिब्रो लिएर मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।

भजनसंग्रह 58:6

हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन् यसैले परमप्रभु, तिनीहरूका दाँतहरू भाँची दिनुहोस्।

भजनसंग्रह 58:7

तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्। तिनीहरू बाटोमा कुल्चिइने जंगली झारहरू झैं होऊन।

हितोपदेश 30:14

मानिसहरू यस्ता पनि हुन्छन् जसका दाँत तरवार र बङ्गारा छुरी जस्ता हुन्छन्। तिनीहरू यी चीजले गरीब मानिसहरूबाट तिनीहरूको प्रत्येक चीज लिन्छन्।

Interlinear

Choose Theme