अय्यूब 38:32 · नेपाली बाइबल
के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ? अथवा के तिमी भालूको बच्चाहरूलाईखेलाउन सक्छौ?
Cross references
2 राजा 23:5
यहूदाका राजाहरूले साधारण मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नका लागि नियुक्ति गरे। यी मानिसहरू हारूनका सन्तानहरू थिएन। झूट्टा पुरोहितहरूले यहूदाका प्रत्येक शहरहरू अनि यरूशलेमका वरिपरिका सबै शहरहरूका अग्ला ठाउँहरूमा धूपबत्ती बाले। तिनीहरू बाल देवता, सूर्य, चन्द्र, नक्षत्रको पूजा र आकाशका तारा-मण्डलहरूलाई धूपबत्ती बाल्ने गर्दथे। तर योशियाहले ती झूट्टा पूजाहारीहरूलाई रोके।
अय्यूब 9:9
परमेश्वरले सप्त-ऋषि, मृगशिरा अनि किर्किटि ताराहरू बनाउँनुभयो। उहाँले दक्षिणी तारागण बनाउनु भयो।
अय्यूब 38:31
अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ? के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ?