न्यायको लागि परमेश्वरको सामुन्ने जान मानिसले समय निर्धारण गर्दैन, (त्यो अधिकार परमेश्वरको हो।)
Cross references
अनि तिमीहरूले त्यस भूमिको असल कुराहरूको उपभोग गर्न सक्ने छौ र तिमीहरूले सदाको निम्ति यसलाई पैतृक सम्पत्ति को रूपमा आफ्ना छोरा-छोरीहरू तथा सन्तानलाई दिन सक्ने छौ। आखिरमा हाम्रो दुष्टकर्म अनि महादोषको कारणले त्यो हामीमाथि आइपरेको भएता पनि तपाईं, हाम्रा परमेश्वरले हाम्रो पाप प्रति।
एक मानिसले परमेश्वरसंग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ तर त्यो मानिसले एउटा मात्रको पनि जवाफ दिन सक्ने छैन।
परमेश्वर म जस्तो मानिस हुनुहुन्न यसकारणले गर्दा म उहाँलाई जवाफ दिन सक्तिनँ। हामी न्यायलयमा एकार्काले भेट गर्न सक्तैनौ।
परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो। उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्। अय्यूब, मेरो कुरा सुन। तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।
साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ। जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।
तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ।
उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो, अनि म मेरो मामला जित्ने थिएँ।
तिमीहरू बुझ्न सक्छौ यसैले मेरो कुरा ध्यान दिएर सुन। परमेश्वरले त्यस्तो अहित काम कहिल्यै गर्नु हुँदैंन। सर्वशक्तिमान परमेश्वरले त्यस्तो दुष्ट्याँई गर्नु हुँदैन।
हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ। तपाईंका नियमहरू सही र इमान्दार छन्।
ऊ भद्र हुनेछ। उसले पानीको छेउमा उम्रने निगालो सम्म भाँच्ने छैन। उसले निभ्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन्। उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ।
परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो “तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए ताकि तिनीहरूले मलाई छाडिदिए? तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए।
“हे परमप्रभु, तपाईं असल हुनुहुन्छ अनि सदचारिता तपाईंकै हो! तर आज लाज हाम्रो हो। लाज यहूदा र यरूशलेमका मानिसहरूबाट हो। लाज इस्राएलका सबै मानिसहरूको हो। मानिसहरू जो नजिकमा छ। अनि मानिसहरू त्यसको टाडामा छन्। परमप्रभु तपाईंले ती मानिसहरूलाई धेरै जातिहरूको बीचमा छरपष्ट पार्नु भयो। अनि ती देशमा भएका इस्राएलका मानिसहरू लज्जित हुनुपर्छ। तिनीहरूले तपाईंको विरूद्धमा नराम्रो काम गरेका हुनाले तिनीहरू लज्जित हुनुपर्छ, परमप्रभु!
हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ?