Home Bibles अय्यूब 31:1 · नेपाली बाइबल
अय्यूब 31:1 · नेपाली बाइबल

मैले आफ्नो आँखासित सम्झौता गरेको छु कि वासना उब्जाउने तरिकाले म कुनै तुरूणीलाई हेर्दिनँ।

Cross references

उत्पत्ति 6:2

परमेश्वरका छोराहरुले ती मानव कन्याहरुलाई मन पराए। यसकारण परमेश्वरका छोराहरुले आफूले रोजेका केही कन्याहरुलाई विवाह गरे।

2 शमूएल 11:2

साँझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा टहल्नथाले। त्यहि समय दाऊदले कौशिबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साह्रै सुन्दरी थिईन्।

भजनसंग्रह 119:37

परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्। तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।

हितोपदेश 4:25

तिम्रा आँखाहरू अघि सधैं मार्ग सोझो रहोस् र आँखाको पलकले सधैं अघि नै ताकिरहेको होस्।

हितोपदेश 6:25

उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन।

हितोपदेश 23:31

दाखरसद्वारा दाखको रातो रंगद्वारा यसको प्याला भित्रको चमकद्वारा सम्मोहित नहोऊ। यो बिना अवरोध घाँटीबाट तल स्वाट्टै जान्छ।

मत्ती 5:28

तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।

याकूब 1:14

एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फसाउँछ।

1 यूहन्ना 2:16

संसारमा भएका नराम्रा कुराहरु यी हुन्हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरुको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरुको चाहाना गर्नु, हामीसित भएका कुराहरुप्रति घमण्ड गर्नु।तर ती कुराहरु पिताबाट आएका होइनन्। ती सबै कुराहरु संसारबाट आएका हुन्।

Interlinear

Choose Theme