Home Bibles अय्यूब 3:22 · नेपाली बाइबल
अय्यूब 3:22 · नेपाली बाइबल

ती मानिसहरू आफ्ना चिहान पाउँदा खुशी हुनेछन्। ती मानिसहरू आफ्ना चिहान पाउँदा प्रफुल्लित हुनेछनन्।

Cross references

अय्यूब 6:8

हाय! मैले जे मागें त्यो पाउँन सकूँ। म कामना गर्छु मैले चाहेको जे छ परमेश्वरले दिनुहुनेछ।

अय्यूब 6:10

अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु। म एउटा कुरामा खुशी हुनेछु। अनेकौं पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन।

अय्यूब 7:15

यसर्थ म यसरी बाँचिरहनु भन्दा गला अँठ्‌याएर मर्न चाहन्छु।

अय्यूब 11:20

नराम्रा मानिसहरूले सहयोग खोज्लान, तर तिनीहरू आफ्ना कष्टहरूबाट मुक्त हुन सक्तैनन्, तिनीहरूका आशाले मृत्यु तर्फ औंल्याउने छ।”

अय्यूब 21:33

यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ। अनि हजारौ मानिसहरू उसको मलामी भएर चिहानमा भेला हुन्छन।

उपदेशक 4:2

म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्।

उपदेशक 4:3

अझ यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ। किन? किनभने, तिनीहरूले यस संसारको खराबी देखेका छैनन्।

Interlinear

Choose Theme