म गहन निद्रामा परेको हुन्थें अनि आरामसंग ती राजाहरू एवं ज्ञानी पुरूषहरूसंग रहन्थें जो विगतमा यस पृथ्वीमा थिए। ती मानिसहरूले आफ्ना लागि ठाउँहरू बनाए ती अहिले ध्वंश र शेष भइसकेको छ।
Cross references
तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।
सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।
परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोस्नुहुन्छ अनि मुखियाहरूलाई मूर्ख बनाउनु हुन्छ।
तर उसको शहर ध्वंश हुनेछ, उसको घर ध्वंश हुनेछ, उसको घर रित्तो हुनेछ।
मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।
कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ। तर ती मानिसहरू मूर्खहरू हुन्।
ती मानिसहरू खाली भेंडा जस्तै हुन्। चिहान नै तिनीहरूको खोर हो। मृत्यु तिनीहरूको गोठाला हुनेछन। त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्। जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।
यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ, र मृत्यु देख्दैन? अथवा कसले आफ्नो प्राणलाई मृत्युको शक्तिबाट छुटकारा दिन सक्छ?
कसैले पनि हावालाई आज्ञा दिन अथवा नियन्त्रित गर्न सक्दैन, आफ्नो मृत्यु रोक्ने शक्ति कसैको छैन। युद्धको समयमा एउटा सिपाहीलाई आफ्नो ठाउँ छोडेर आफूले भनेको ठाँउमा जाने स्वतन्त्र हुँदैन। त्यसरी नै यदि कसैले पापहरू गर्छ भने त्यो पापले उसलाई रक्षा गर्न सक्तैन।
तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कही कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले तिमीहरूलाई दण्ड दिनुहुनेछ अनि तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ।
सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्। तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ। अब तिमीहरू खाली हामीहरू जस्तै हौ।”
पृथ्वीमा प्रत्येक राजाले गौरवमय मृत्यु प्राप्त गरे। प्रत्येक राजाको आफ्नै चिहान छ।
उसलाई सोध, ‘तिमीहरू यहाँ के गरिरहेका छौ? के तिम्रो कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ?’“तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।
तिमीहरूका शहरहरू धेरै वर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई “भत्केका पर्खालहरू निर्माण गर्ने” भनेर बोलाइनेछ तिमीहरूलाई, “बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेछ।”