Home Bibles अय्यूब 29:18 · नेपाली बाइबल
अय्यूब 29:18 · नेपाली बाइबल

मेरै परिवार भित्र बुढो हुँदै म धेरै लामो बाँचुला भनेर सधैं सोच्दथें,

Cross references

उत्पत्ति 32:12

तर तपाईं आफैले भन्नुभयो, ‘म निश्चय नै तिम्रो उन्नति गराउने छु अनि तिम्रा सन्तानहरू संख्यामा यति धेरै बनाउने छु तिनीहरू समुद्रको बालुकाका कणभन्दा बढी हुनेछन् अनि तिनीहरूलाई गन्ती गर्न सकिन्न।”‘

उत्पत्ति 41:49

समुद्रको बालुवाको थुप्रो झैं अन्न यूसुफले थुपारे। तिनले थुपारेको अन्न यति विध्न थियो ओजन गर्न असम्भव थियो।

अय्यूब 5:26

तिमी त्यो गहूँ जस्तै हुनेछौ जुन बाली काटिने बेलासम्ममा उब्जनेछ। हो, तिमी बृद्धवस्थासम्म बाँच्नु पर्नेछ।

अय्यूब 42:16

यसकारण अय्यूब अझ एक सय चालीस र्बषसम्म बाँचे। उनले आफ्ना नानीहरू, नाति-नातिनीहरू, पनाति-पनातुनीहरु, खनाति-खनातिनीहरु सबै हेर्न पाए।

भजनसंग्रह 30:6

जब म जोगिएँ र सुरक्षित भएँ, सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!

भजनसंग्रह 91:16

अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु अनि तिनीहरूलाई बचाउनेछु।”

यर्मिया 22:23

हे लबानोनका बासिन्दा जो देवदारूहरूको माझमा बास गर्छन्, जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ। प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडबडी गर्नेछौ।”

यर्मिया 49:16

एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौ अनि स्वयंलाई महान ठानेका छौं। तर तिमीहरू आफैलाई मूर्ख बनायौ। तिम्रा गर्वले तिमीलाई धोका दियो। तिमी फुटेको चट्टानमा बस्छौ; उच्च पहाडहरूमा बस्छौ। तर यदि तिमीले आफ्ना घर चीलको गुँड भन्दा माथि बनायौ भने पनि म तिमीलाई तल झार्नेछु।”

ओबदिया 1:4

परमेश्वर परमप्रभु भन्नुहुन्छ, “यद्यपि तिमीले चील जस्तै माथि उड्‌यौ, अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि, म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु।”

हबकूक 2:9

हो, जो मानिसले नराम्रो कर्मद्वारा धन कमाउँछ, उमाथि नराम्रो कुराहरु हुनेछ। सुरक्षासित बाँच्नको लागि उसले त्यसो गर्छ। उसले सोच्छ कि अरु मानिसले उसको धन लुट्न सक्दैन, तर नराम्रो कुरा उसमाथि घट्नेछ।

Interlinear

Choose Theme