तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्। परमेश्वरले ती दुष्टहरूलाई दण्ड दिनलाई लट्ठी प्रयोग गर्नुहुन्न।
Cross references
म चाहन्छु कि परमेश्वरले लिने डण्डा लगिदिने त्यहाँ कोही होस्।तब परमेश्वरले मलाई एकदमै भयभीत पार्नु हुने छैन।
प्रत्येक कोलाहलले उसलाई तर्साउँछ। उसका शत्रुहरूले उसलाई सताउँछ, शत्रुले आक्रमण गर्छ जब उसले आफूलाई सुरक्षित सम्झदछ।
आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ। त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई पछ्याई रहेछ।
ती दुष्ट मानिसहरू हामी जस्तो पीडित हुँदैनन्। अन्य मानिसहरू जस्ता तिनीहरू संकटमा छैनन्।
संकट अचानक आउन सक्छ, तब ती अंहकारीहरू नष्ट-विनिष्ट हुन सक्छन्। भयानक कुराहरू तिनीहरूमा घट्न सक्छन् अनि तिनीहरू समाप्त हुन्छन्।
तिनीहरूलाई मैले एक नयाँ वचन सिकाए ‘शान्ति’ मेरा नजिक साथै टाढा रहेका मानिसहरूलाई म शान्ति प्रदान गर्नेछु म ती मानिसहरूलाई क्षमा दिनेछु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।