दुष्टहरूले आफ्नै सजाय देखुन्। सर्वशक्तिमान परमप्रभुको क्रोध तिनीहरू आफैले देखुन।
Cross references
दुष्ट मानिस सुत्न जाँदा धनी हुन सक्छ। तर जब ब्यूँझिन्छ उसले ती उसका सारा धनहरू हराएर हुनेछन्।
तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ। हामी धर्मरिन्दै लडदै हिंड्ने रक्स्याहा(जँड्याहा) मानिसहरू हौं।
परमेश्वर सधैं दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ। परमप्रभुसँग उहाँको हातमा एउटा कचौरा छ जुन कचौरामा विष भरिएको दाखमद्यले पूर्ण छ। उहाँले त्यो विषयुक्त दाखमद्य खनाउनु हुन्छ, अनि दुष्ट मानिसहरूले त्यसको अन्तिम घुट्को सम्म पिउने छन्।
म यस बारेमा सधैं मानिसहरूलाई भन्नेछु। म इस्राएल को परमेश्वरको स्तुति-गान गर्नेछु।
जाग जाग! यरूशलेम, उठ! परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो। यसैकारण तिमीहरू दण्डित भयौ। यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो अनि तिमीहरूले यसलाई पियौ।
परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।
बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो। बाबेलले सारा पृथ्वीलाई मतायो। सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे। यसकारण तिनीहरू पागल भए।
त्यसलाई नरकलोकमा पठाइयो अनि खुबैै कष्ठमा परयो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो।
त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कडा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरु अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ।
घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।