Cross references
याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरु सबैका पुर्खा थिए।
मलाई नभनी किन भागिस्? यदि मलाई भनेको भए म भोज गराउने थिएँ। त्यहाँ नाच गान हुनेथियो।
खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर। तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर। बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अशुभ हुनेछ।
तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेडाहरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् खाद्य र मद ग्रहण गरिरहेकाछन् अनि भनिरहेकाछन्, “खाऊ अनि मदपान गर किनभने भोलि हामी मर्नेछौं।”
हाय! हेर तिमीहरु आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ अनि सोफामा आफै तन्कन्छौ। यिनीहरु नै हुन् जो बथानवाट थुमाहरु खान्छन् र गाईकोबथानबाट बाछो खन्छन्।