जब उसले खाँदछ, त्यहाँ केही पनि छाडदैन। उसले सफलता पाउने छैन।
Cross references
दुष्ट मानिस सधैंलाई धनी भई रहँदैन। उसको सम्पत्ति सँधैलाई रहँदैन उसको अन्नबालि सबै उम्रिन्दैन।
उसको न छोरा-छोरीहरू हुनेछ न त नाता-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।
तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कही कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले तिमीहरूलाई दण्ड दिनुहुनेछ अनि तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ।
सेनाहरूका परमप्रभुले मलाई भन्नुभयो र मैले सुने, “अब त्यहाँ धेरै घरहरू छन्। तर म प्रतिज्ञा गर्छु कि ती सबै घरहरू ध्वंश हुनेछन्। त्यहाँ सुन्दर र ठूला-ठूला घरहरू होलान् तर सबै रित्ता हुनेछन्।
एकजना मानिस जसले आफ्नो अधिकार बाहिरबाट सम्पत्ति पाँउछ त्यो अण्डा नपारी चिङना काडने चरा जस्तै हो। उसले आफ्नो सम्पत्ति जीवनको आधा अथवा अन्तिममा हराउँछ अनि उ मूर्ख बनिन्छ।”
तिनीहरु एकअर्कामा सहीतरिकाले बाँच्न जान्नदैनन्। तिनीहरुले तिनीहरुको किल्लामा डकैती र लुटेका मालहरु थुपार्छन्।”
यसकारण परमप्रभु भन्नुहुन्छ, “त्यो देशमा एकजना शत्रु आउनेछ, त्यो शत्रुले तिमीहरुको सुरक्षा कुल्चिन्छ। उसले तिमीहरुको चिज लिएर जानेछ जुन आफ्नोकिल्लामा लुकाएर राखेका छौ।”
त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्।’ किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’