उसको जीवन अन्त हुन अघि नै त्यो दुष्ट मानिस बृद्ध र निराश भइजान्छ। उ सुकेको हाँगा जस्तो हुन्छ, फेरि कहिल्यै हरियो हुनेछैन।
Cross references
त्यो मानिस एक उद्भिद् जस्तो छ जसमा प्रशस्त पानी र घामको किरण छ त्यसको हाँगाहरू सबै बगैंचाभरि फैलिएको छ।
त्यहाँ एउटा रूखको आशा छ। यदि यो काटियो भने, त्यो फेरि उम्रनेछ। त्यसमा नयाँ हाँगाहरू पलाउनेछ।
उसको मुनिका जराहरू सुकेर जानेछन् अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।
ती दुष्टहरू नष्ट भए तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लग्यो।
यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ! उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाटधकेल्दै तान्नु हुनेछ, जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।
हे परमेश्वर तपाईंको करार अनुसार, ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ, मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।
परमप्रभुको भयले मानिसको आयु बढाइ दिन्छ, तर दुष्ट मानिसको आयु घटूनेछ।
अनि साह्रै बुद्धिमानी पनि नबन, साह्रै मूर्ख पनि नबन। समय नपुगी किन मर्छौ?
दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।
दाखको बोट अर्को मलिलो खेतमा सारियो। यो प्रशस्त पानी भएको भूमिमा रोपिएको थियो। यसले हाँगाहरू अनि फल दिन सक्थ्यो। यो एउटा साह्रै राम्रो दाखको बोट हुन सक्थ्यो।”
एप्रैमलाई दण्ड दिइनेछ, तिनीहरूको जरा सुकि हाल्यो। तिनीहरूमा फल लाग्नेछैन उनीहरूको अब धेरै सन्तान हुने छैनन्। यदि तिनीहरूले सन्तान जन्माए पनि म तिनीहरूका प्रिय बालकहरूको हत्या गरिदिने छु, जो तिनीहरूबाट जन्मलिनेछन्।
म इस्राएलको निम्ति शीत झैं बन्नेछु। इस्राएल लिली फूल झैं फुल्नेछ। लबानोन झैं त्यसको जरा फैलनेछ।
यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्।