Home Bibles अय्यूब 13:10 · नेपाली बाइबल
अय्यूब 13:10 · नेपाली बाइबल

यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूलाई हप्काउनु हुनेछ।

Cross references

2 इतिहास 19:7

अब तपाईंहरू प्रत्येक परमप्रभुसित डराउनु पर्छ। तपाईंहरूले जे गर्नु हुन्छ सावधान हुनुहोस् किनभने परमप्रभु हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। परमप्रभुले कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिलाई भन्दा अधिक महत्वपूर्ण ठानेर व्यवहार गर्नु हुन्न। अनि उहाँ आफ्ना निर्णय बद्ली गर्नको निम्ति धन स्वीकार गर्नु हुन्न।”

अय्यूब 42:7

अय्यूबसँग बात-चीत गरिसके पछि, परमेश्वर तेमानीबाट आएका एलीपजसँग बोल्नु भयो। परमेश्वरले एलीपजलाई भन्नुभयो, “म तिमी साथै तिम्रो दुइ साथीहरूसँग रिसाएको छु। किन? किनभने तिमीहरूले मेरो विषयमा सही कुरा गरेनौ। तर अय्यूब मेरो सेवक हो। अय्यूबले मेरो विषयमा ठीक कुरा गर्छ।

भजनसंग्रह 50:21

यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरुले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ। हेर धेरै बेर म चुपचाप बस्ने छैन! म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।

भजनसंग्रह 82:2

परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ? कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”

याकूब 2:9

तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।

Interlinear

Choose Theme