परमेश्वर पृथ्वी भन्दा महान अनि सागर भन्दा विशाल हुनु हुन्छ।
Cross references
परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ परमेश्वरले आकाश मनि सबै थोक देख्नुहुन्छ।
तर, अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु। किन? किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ।
परमप्रभु, तपाईंले यो प्रश्न सोध्नुभयोः ‘को अज्ञानी मानिस हो जसले यस्ता अर्थहीन कुराहरू गर्यो?’ परमप्रभु, मैले ती कुराहरूको बारे बोलें जुन मैले बुझिनँ। मैले ती कुराहरू भनें जुन मेरो लागि बुझ्नु अति अचम्मित थियो।
हे परमेश्वर, हामीलाई बचाउँनु होस्। धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन् अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ। तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ। संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।
परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गए भने, तपाईं त्यतै तिर हुनुहुन्छ। यदि म पश्चिम समुद्र तिर गए तपाईं त्यतै तिर हुनुहुन्छ।