यहूदाका मानिसहरूले भूल बाटो समाते। तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्? तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन। तिनीहरू फर्की आउन अस्वीकार गर्छन।
Cross references
अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।”परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।
तिनीहरूले अगमवक्ताहरूलाई भने, “ती हामीले गर्नु पर्ने कामहरूमाथि दृष्टि नराख। हामीलाई सत्य नबताऊ। हामीलाई राम्रो कुराहरू भन जसले हामीलाई स्वस्थ्य अनुभव हुन सकोस्। हाम्रा लागि असल कुराहरू मात्र हेर।”
त्यो मानिसले जान्दैन आफूले के गरिरहेछ। उ अन्योलमा छ, यसकारण उसको मनले उसलाई झूटो बाटोमा लगिरहेकोछ। त्यस मानिसले आफूलाई बचाउन सक्तैन्। अनि उसले गरिरहेका गल्ती काम देख्न सक्तैन। मानिसले भन्नेछ, “यो मूर्ति जुन मैले समाती रहेकोछु त्यो झूटा देवता हो।”
तरूणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्। एउटा दुलहीले आफ्ना वस्त्र भुल्दैन। तर मेरो मानिसहरूले मलाई धेरै चोटी भुलेका छन्।
तिमीले पनि भन्यौ, ‘परमेश्वर मसित सधैं क्रोधित रहनु हुँदैन। परमेश्वरको रीस धेरै बेर रहने छैन।’ “यहूदा, तिमीले यी त कुराहरू भन्यौ, तर तिमीले सके जति दुष्ट कामहरू गर्यौ।”
परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन।
हे परमप्रभु! म जान्दछु कि तपाईंप्रति मानिसहरू निष्ठावान् भएको चाहनु हुन्छ। तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो तर तिनीहरूले अनुभव गरेनन्। तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन् तिनीहरू साह्रै हठी थिए। तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।
चराहरूले भरिएको पिँजडा जस्तै दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ। तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।
तिमीहरूमाथि निगाह राख्न मैले एकजना चौकीदार रोजेको छु। मैले तिनीहरूलाई बताएँ, ‘युद्धको तुरहीको आवाज सुन।’ तर तिनीहरूले भने, ‘हामी सुन्ने छैनौ।”‘
हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ! यहूदाका मानिसहरूको लागि म ध्वंस ल्याइरहेको छु किनभने तिनीहरूले नराम्रो कर्मका निम्ति योजना बनाएका छन् अनि तिनीहरूले मेरो सन्देशहरूलाई ध्यान दिएनन् अनि मेरा शिक्षाहरू अस्वीकार गरे।”
“तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन्। तिनीहरू हठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन वरू पछि सरे।
एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्यायो। अनि झूटोले झूटै पछ्यायो। मानिसहरूले मलाई चिन्नु अस्वीकार गरे।” परमप्रभुले ती कुराहरू भन्नुभयो।
इस्राएल साह्रै अट्टेरी छ। यसर्थ, के परमप्रभुले तिनीहरूलाई खुल्ला र्खकमा भेडा झैं खुवाउनु पर्छ? होइन!
“तर इस्राएलीहरूले परमेश्वर तर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन।
“मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।”
इस्राएलले धेरै पाप गर्न थाल्यो। तिनीहरूले आफ्नो निम्ति मूर्तिहरू बनाए। कारीगरले चाँदीको सुन्दर मूर्तिहरू बनाउन थाले अनि आफ्ना मूर्तिहरूसित कुरा गरे। तिनीहरूले ती मूर्ति सामु बलि चढाउन अनि बाछाहरूलाई चुम्बन गर्न शुरू गरे।
तर ती मानिसहरूले सुन्न अस्वीकार गरे जे उहाँले गर्न चाहनु हुन्थ्यो। तिनीहरुले आफ्ना कान बन्द गरे जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।
तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउँन चाँहदैनौ।
हरेक कुरालाई जाँच र असल जति राख।
त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ।
होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ?
म नआएसम्म तिमीहरु यही तरीकामा बस।